सहकारी ठगीको आरोपमा चन्द्रागिरि १२ का अध्यक्ष महर्जन पक्राउ
काठामाडौं । सहकारी ठगीको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ । उनी उक्त सहकारीका कोषाध्यक्ष हुन् ।