८ पुष २०८१, सोमबार

“हराएका वर्षहरु” कथाका पात्र प्रकाश तामाङको नागरिकता बन्यो, अब प्रधानमन्त्रीलाई भेट्ने

जनपक्षीय खबर

२०८१ भाद्र १६ गते, आईतवार २०:३० मा प्रकाशित

Prakash

 

         हेर्ने कथाबाट चर्चाको शिखरमा पुगेका प्रकाश तामाङले आज भोजपुरबाट नागरिकता प्राप्त गरेका छन् । विगत ३५ वर्ष देखि हराएका उनी हेर्न कथाको टिमले आफ्नो घर भोजपुर सम्म पुर्याएका थिए  । आफ्नो परिवार सँग भेटेर उनी पुन चुम भ्याली फर्किएका प्रकाशको प्रधानमन्त्री के पी शर्मा ओली को पहलमा नागरिकता बनेको छ ।

Order Now! 

         प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।षडानन्द नगरपालिका–१० का मेयर  सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ । यसपछि बैंक खाता खोल्ने तयारी भइरहेको छ । बैंक खाता खोलेर प्रधानमन्त्रीलाई भेट्न काठमाडौं फर्कने तयारी भएको छ ।

          अहिले निकै चर्चा र सहानुभूति बटुलेका प्रकाशले विभिन्न ठाउँ बाट सहयोग प्राप्त गरेका छन् । हरेक मान्छेको दिन आउँछ भनेको जस्तै प्रकाशले सबै कुरा समेटेर जिन्दगीमा अगाडि बढेभने  पक्कै पनि सहज हुनेछ ।

 

1230x100 pixels ads space