बाह्य मदिरा प्रबेशमा रोक
काठमाडौ , १४ कार्तिक । पर्यटन ब्यबसायलाई प्रबर्दन गर्ने उदेश्यले लुम्बिनि प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ सुनदहमा ३१औ कार्यपालिका बैठक १० गते सम्पन भयो ।
लुम्बिनि प्रदेशमै पहिलो पटक ४ हजार ५ सय मिटरको उचाईमा बसेको बैठकले स्थानिय निकायमा रोजगार सृजना गर्ने , शैक्षिक गुणस्तर मजबुत बनाउने , सुसासनको खम्बा दरिलो बनाउने बारे छलफल भएको थियो ।
कार्यपालिकाको बैठकमा पुथा उत्तरगंगा गाउँपालिकाको १४ वडाका जनप्रतिनिधिहरु , कार्यपालिका सदस्यहरु , पत्रकारहरुको उपस्थिति थियो ।
पर्यटन ब्यबसायलाई थप चुलिमा पुर्याउन सुनदहमा नै कार्यपालिका बैठक राखेको वडा नम्बर ३ का अध्यक्ष बम बहादुर बुढा मगर (विजय बुढा मगर) ले जानकारी दिनु भयो ।
पुथा उत्तरगंगा गाउँपालिकाको सुनदहमा बसेको ३१औ कार्यपालिका बैठकमा पारित भएका महत्वपुर्ण निर्णयहरु ;–
१) सुनदह ब्यबस्थापन तथा संरक्षण कार्यबिधि , २०८१
२) सुनदह पर्यटन प्रर्बद्वन तथा आन्तरिक आय बृद्वि मापदण्ड ,
२०८१
३) स्थानिय मदिरा ब्यबस्थापन तथा प्रर्बद्वन , बाह्य मदिरा नियन्त्रण
कार्यबिधि , २०८१
४) बहुमुल्य जडिबुटि संरक्षण तथा ब्यबस्थापन प्रतिबेदन , २०८१
५) संस्थागत तथा सामुदायिक बिद्यालयहरुको स्थलगत अनुगमन
६) गाउँपालिकाको हाल सम्मको बेरूजु फर्छ्यौट