सिस्ने यातायात प्रा.लिले दियो पत्रकार माथि धम्कि (भिडियो सहित)
काठमाडौ , २७ कार्तिक । तिहार र छठ सकिए सँगै गाउँबाट सहर फर्किनेहरुको ओईरो छ । यहि मौकामा पूर्वि रूकुमको सिस्ने यातायात प्रा.लिले तोकिए भन्दा बढि भाडादर लिएर सिट सङ्ख्या भन्दा बढि यात्रुहरु चढाएको पाईएको छ ।
सिस्ने यातायात प्रा.लिले सिट सङ्ख्या भन्दा बढि यात्रुहरु बसमा राखेर यात्रा गराउने र यात्रुहरुबाट चरम भाडादरमा लुट मच्चाईरहेको छ । तर पनि सम्बन्धित निकाय मौन छ । यातायात प्रा.लिहरु उल्टै खुलेयाम धाक धम्किहरु दिदै आएका छन ।
हाम्रा सहकर्मी पत्रकार बलराम सिर्पालि र गणतन्त्र नेपालको समाबेशि आवाज, रेडियो पूर्वि रूकुम १०३.२ मेगाहर्जका पत्रकार विशाल घर्ती मगर माथि उल्टै धाकधम्कि सिस्ने यातायात प्रा.लिका संचालकले दिएको छ । पत्रकार माथि धाकधम्कि आउनु भनेको प्रेस स्वतन्त्रता माथि प्रहार हुनु हो । यो सह्य हुने छैन ।
टिकटमा तोकिएको समयमा सिस्ने यातायात प्रा.लिले गाडि उपलब्ध गराउन नसक्ने , ढिला उपलब्ध गराएर पनि यात्रुहरु सिटमा बसेर सवार गर्न नपाउने , खचाखचको अबस्थामा दुर्घटना भए , को जिम्मेवार ? सरकारले जिम्मा लिन्छ ? कि खचाखच यात्रु चढाउने सिस्ने यातायात प्रा.लिले जिम्मा लिन्छ ? कस्ले लिन्छ जिम्मा ?
कुनै पनि गाडीको सिट सङ्ख्या भन्दा बढि यात्रुहरु चढाउन पाईदैन । सम्बन्धि निकायको ध्यान केन्द्रित होस् । प्रेस स्वतन्त्रता माथि हनन नहोस् । यो सह्य हुने छैन । र क्षमता भन्दा बढि यात्रुहरु खचाखच यात्रा गराउने यातायात प्रा.लि माथि कार्बाहि होस् ।
नोट : सिस्ने हुनु पर्नेमा कारणबस काँक्री भएकोले सिस्ने शब्द रूपान्तिरित गरिएको