९ पुष २०८१, मंगलवार

बकैयाले सातामै लियो २ को ज्यान ,

जनपक्षीय खबर

२०८१ भाद्र २२ गते, शनिबार २०:३० मा प्रकाशित

२२ भदौ, हेटौंडा । मकवानपुर हुँदै बग्ने बकैया खोलाले एक सातामा २ जना बगाएको छ । ३६ वर्षीया नानुमाया तामाङलाई र २८ बर्षिय युवकलाई गत आईतबार र शुक्रबार बगाएको हो ।

रौतहटको पौराई गाउँपालिका–२ घर भएका २८ वर्षीय अकल माझीलाई शुक्रबार बकैया खोलामा बेपत्ता भएका हुन् । माझिलाई ससुरालि जाने क्रममा शुक्रबार बगाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Order Now! 

ससुराली हिडेका माझी मकवानपुर बकैया गाउँपालिका – ६ जसपाल स्थित काठमाण्डो – तराई द्रुतमार्ग निमार्णमा माझी काम गर्दै आएका थिए ।

उनी बकैया–६ जुइनामा जानलाई खोला तर्ने क्रममा बाढीले बगाएको रc।

यसअघि गत आईतबार बकैया खोलाले बगाएको नानुमाया तितुङको शव भोलिपल्ट (सोमबार) बाराको कोल्हबी नगरपालिकामा खोलाको बगरमा पतारिएको अबस्था भेटिएको थियो । बाराको निजगढ बजारबाट बकैया–६, स्थित घर फर्कन लाग्दा उनलाई बकैया खोलाले बगाएको थियो । उनी छोरालाई वैदेशिक रोजगारीमा पठाउन बिदा गरेर घर फर्किँदै थिइन् ।

 

1230x100 pixels ads space