नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फेरी ओरालो यात्रा
काठमाडौ २३, भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज पनि ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अकंले घटेर २७०१.९० बिन्दुमा बन्द भएको छ । आज ३२८ कम्पनीको २ करोड २१ लाख ५१ हजार ८सय ३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सेयर कारोबार गर्नेमा सिएचडीसी परेको छ । यो कम्पनीको आज सबैभन्दा धेरै ४२खकरोड १९ लाख २५ हजार दुई सय दश रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । धेरै रकमको सेयर कारोबार गर्ने दोस्रो कम्पनीमा एचआइडीसीएलको ३५ करोड ८१ लाख ४३ हजार नौ सय ४३ रुपैयाँको संस्थापक सेयर कारोबार भएको छ । तेस्तै गरी तेस्रोमा ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख ३४ दुई सय २३ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज धेरै कित्ता कारोबार गर्नेमा एचआइडीसीएल प्रमोटर परेको छ । कम्पनीले २२ लाख २३ हजार चार सय ७४ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै गरी दोस्रोमा ग्रिन लाइफ हाइड्रोको १३ लाख ४२ हजार चार सय ८० कित्ता कारोबार भएको छ ।
आज तीन वटा कम्पनीहरुले दश प्रतिशतले कमाएका छन । यसमा माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलु परेका छन भने थ्रि स्टार हाईड्रोका लगानीकर्ताहरुले दश प्रतिशतले गुमाएका छन ।