बुद्ब भुमि नेपाल हाइड्रो पावर कम्पनीको साधारण शेयरको लक–इन सकिदै ।
काठमाडौ २४, भदौ । नेपाल धितोपत्र बोर्डले बुद्ब भुमि नेपाल हाइड्रो पावर कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीहरुको तपशिलमा उल्लेखित शेयरहरु सर्वसाधारणलाई बाँडफाँडको मितिले तीन वर्ष पछि लक–इन समाप्तिको निर्देशन दिएको छ । अब आउदो असोजको २१ गते पश्चात कम्पनिको लक–इन अवधि सकिदै छ । त्यसपछि कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीहरुले सर्वसाधारण सरह शेयर बेच्न पाउनेछन ।
आज भन्दा करिब तिन वर्ष पहिले मिति २०७८।०६।२२ गते बाँडफाँड गरिएको शेयर लक–इनमा राखिएको अवधि मिति २०८१।०६।२१ सकिदै छ । लक–इनमा संस्थापकहरुको शेयर २८ लाख कित्ता, स्थानिय बासिन्दाहरुको शेयर चार लाख कित्ता र कर्मचारीहरुको शेयर १६ हजार कित्ता शेयर रहेको छ ।
नेपालमा भएका धेरै कम्पनीको शेयरको लक–इन अवधि सकिदा बेच्नेहरुको संख्या धेरै हुदाँ कम्पनिको मुल्यमा भारी गिरावट आउने गरेको पाइएको छ । यस मामलामा बुद्ब भुमि नेपाल हाइड्रो पावर कम्पनीको के हुन्छ त्यो भने हेर्न बाकी नै छ ।
बुद्ब भुमि नेपाल हाइड्रो पावर कम्पनीले जारि गरेको सुचना