सुनदहमा कार्यपालिका बैठ्क हुँदै :- वडाध्यक्ष विजय बुढा मगर
पूर्वि रूकुम , ७ कार्तिक । पूथा उत्तरगङ्गा गाउँ पालिका कार्य समितिको ३१औँ बैठक सुनदहमा कार्तिक १० गते बस्ने स्थानिय सरकारको निर्णय भएको पूथा उत्तरगंगा गाउँ पालिका, ३ नम्बर वडाध्यक्ष विजय बुढा मगरले बताउनु भयो ।
पूर्वि रूकुमको पूथा उत्तरगँगा गाउँ पालिका वडा नम्वर ३ मा रहेको सुनदह तीर्थ यात्राको रूपमा हेरिएको छ । डोल्पासँग सिमा जोडिएको पूथा उत्तरगंगा गाउँ पालिका वडा नम्बर ३ को सुनदहमा डोल्पा देखि खालि पैताला तीर्थयात्रीहरु भदौ पूर्णिमामा आउने र पुजा गर्ने गर्छन् । यो एउटा एतिहासिक ताल पनि हो । सुनदह आकर्षक र मनमोहक छ र यस ताल वरपर अन्य ३० भन्दा बढि तालहरु छन् तर पनि राज्यको नजर परेको छैन । आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउने उदेश्यले सुनदहमा कार्यपालिकाको बैठक राख्ने निर्णय भएको हो ।
पर्यटन ब्यवसायका लागि अधिक सम्भावना रहेर पनि सरकारको नजर यस ठाउँमा नपर्दा दुख लाग्छ । माधब कुमार नेपाल प्रधानमन्त्रि रहदा पर्यटन ब्यवसाय उत्थान हुने विचारले मन्त्रि परिषदको बैठक सगरमाथाको फेदीमा बसेको थियो । त्यस्तै माल्दिभ्सको मन्त्रि परिषदले पनि समुन्द्र मुनि बैठक बसेको थियो ।
पर्यटन ब्यवसाय उत्थान र प्रबन्धनका निम्ति सुनदहमा, पूथा उत्तरगंगा गाउँ पालिकाको १४ वटा वडाका जनप्रतिनिधिहरु , कार्यालय सहयोगी (सचिव)हरु, सामाजिक अगुवाहरु र पत्रकारहरु गरि ६० भन्दा बढिको सङ्ख्यामा सुनदहमा कार्तिक १० गते कार्यपालिका बैठक सम्पन गर्ने निर्णय भएको छ । जनपक्षीयसँग कुरा गर्दै वडाध्यक्ष विजय बुढा मगरले जानकारी दिनु भएको हो ।