८ पुष २०८१, सोमबार

निर्मला पन्तको सामुहिक बलात्कार गर्ने को–को थिए तीन जना ?

जनपक्षीय खबर

२०८१ कार्तिक २७ गते, मंगलवार १३:४९ मा प्रकाशित

काठमाडौ , २७ कार्तिक । कञ्चनपुरकि निर्मला पन्तको सामुहिक बलात्कार गर्ने ३ जना रहेको खुलेको छ । को – को थिए सामूहिक बलात्कार गर्ने ? नाबालिक निर्मला पन्तको बलात्कार पछि हत्या भएको करिब ६ बर्ष बित्यो । सरकारले बलात्कारि पत्ता लगाएर कार्बाहि गर्न सकेको छैन् । राजनैतिक हस्तक्षेप भएकोले निर्मलाले न्याय पाउने झिनो आशा पनि छैन् ।

बोलौँ भने मारिदिन्छन् । पटक पटक खुकुरि प्रहार भयो म माथि । म प्रत्यक्षदर्शी हु । निर्मलाको बलात्कार ३ जनाले गरेका छन् । सरकारले मेरो ज्यानको सुरक्षा लियोस् । बलात्कारिहरुको नाम सहित भन्ने छु : नवराज अर्याल

Order Now! 

२०५८ साल मंसिर २२ गते देखि सचिवालयको गाडि चलाउदै आएका नवराज तत्कालिन समयमा खानेपानि मन्त्रि , बिना मगरको गाडि चलाएर कञ्चनपुर पगेका थिए । निर्मलाको साझको समयमा उखुँ बारिमा ३ जनाको समूहबाट सामूहिक बलात्कार भएको थियो ।

घटना घटेको बेला तत्काल किन भन्नू भएन् ?
तत्काल घटना घटेको बेला पनि भनेको थिए । त्यहि कारणले त मलाई पटक पटक खुकुरि प्रहार भयो । यसलाई मार्दियो भने केस समाप्त हुन्छ भन्ने उदेश्यले मलाई  धारागल्लि लगायत धेरै ठाउँमा खुकुरि प्रहार भयो । मेरो शरीर भरि खुकुरिको डोबहरु आलै छन् । निर्मला छोरीले न्याय पाउनु पर्छ । अन्याय बिरुद्व बोल्नु पर्छ । निर्मला छोरीले न्याय पाउनु पर्छ ।

यसरी बलात्कारिको नामै किटान नगरि , निर्मलाले कसरी न्याय पाउन सक्छिन् ?
सरकारले मेरो ज्यानको ग्यारेण्टि लिन्छ भने म सबै बलात्कारिको नाम सहित बताईदिन्छु । तत्कालिन समयको सरकारले म माथि निर्मम प्रहार गरेको छ । लामिछाने     गृहमन्त्रि हुदा ४ पटक सम्म भेटेर भन्न खोजे उहाँलाई भेट्ने अबसर नै मिलेन । अब ती निर्मला छोरीले न्याय पाउनु पर्छ ।

बलात्कार , हत्या हिंसा , डकैटि , लुटपाट जस्ता जघन्य अपराधको सूक्ष्म अनुसन्धान गर्दै आएको नेपाल प्रहरिलाई थप चुनौति आईपरेको छ । अब प्रहरी प्रशासनले नवराजको कुरालाई सूक्ष्म तरिकाले अनुसन्धान गरोस् र बलात्कारिलाई हदै सम्मको कार्बाहि होस् ।

1230x100 pixels ads space