८ पुष २०८१, सोमबार
रास्वपा सभापतिको अब बुटवलमा बयान लिने ।
काठमाडौ , २७ कार्तिक । करिब ४ हप्ता देखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवल लगेको छ ।
गौतमबुद्व बिमानस्थल वरपर रास्वपाका कार्यक्रताहरु नाराजुलुस गरिरहेका छन् । जहाजस्थल वरपर सुरक्षा ब्यबस्थालाई मजबुत बनाईएको छ । उनलाई ल्याउने तयारि भएपछि भैरहवाको बुद्वचोक , लुम्बिनि गेटमा रास्वपा कार्यक्रताहरुले प्रर्दशन गरिरहेका छन् ।
उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रर्दशन गरेका छन् । कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको प्रर्दशनमा उपस्थित सरकारी पिडितले बताए ।
प्रशासनले भने दुवै तर्फको प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गरेको छ । लुम्बिनी गेट, बुद्धचोक, सरकारी वकिल कार्यालय परिसर र जिल्ला अदालत क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।