४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

उप – निर्वाचनलाई लक्षित गरेर हुकाममा पुगेँ सांसद पुर्ण ब. घर्ति

जनपक्षीय खबर

२०८१ कार्तिक २९ गते, बिहीबार १८:०९ मा प्रकाशित

रूकुमपूर्व  संवाददाता ,

रूकुमपूर्व , २९ कार्तिक । आगामी मंसिर १६ गते हुने उप–निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित रूकुम पुर्वका सांसद तथा पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर घर्ती लगायत पार्टीका केन्द्रीय नेताहरुले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकाममा जनतासंग भेट वार्ता गरेका छन् ।

Order Now! 

माओवादीले समानता र सामाजिक न्यायका लागि संघर्ष गरेर दलित, आदिवासी, महिला उत्पीडितहरुको अधिकार ल्याएको पार्टीका केन्द्रीय सदस्य तथा सासंद् पूर्ण बहादुर घर्ती मगरले जनतालाई सम्बोधन गर्दै बताएका हुन् ।
भष्ट्राचारी , तानाशाहि पाटी एमाले र काग्रेस नेताहरु गाउँमा नआउन चेतावनि समेत दिएका छन् । सुसाशन , समाजको दिगो बिकासका लागि माओवादी केन्द्रको अपरिहार्य रहेको खुलासा सांसद घर्तिले गरेका छन् ।

पहिले रुकुमकोट सम्म पुग्न दुई दिन हिड्नु पर्थ्यो भने अहिले सदरमुकामसम्म यातायातको सुविधाले गर्दा सहजै रुपमा पुग्न सकिन्छ । माओवादी पार्टीले विकास निर्माणमा ठूलो भूमिका खेलेको उपस्थिति जनताले बोलेका थिए । गाउँमा १२ कक्षासम्म विद्यालय संचालन हुदाँ छोरा, छोरीले गाउँमै निशुल्क पढ्न पाएकोले खुसि भएको बताएका छन्।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्ती , पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा पुथा उत्तरगङगा गाउँपालिका अध्यक्ष तथा पुनिराज घर्ती,पार्टीका लुम्बिनी प्रदेश सदस्य जिताराम कामी , पार्टीका लुम्बिनी प्रदेश सदस्य भिम कुमारी पुन , प्रदेश सल्लाहकार सदस्य तथा वडा नम्वर २ का उम्मेद्वार जगत घर्ती काजु, प्रदेश सदस्य कालिप्रसाद रोका , पार्टीको भूमे गाउँपालिका ईन्चार्ज ध्रुव बिक्रम ओली, अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली लगायत गाउँलेको उपस्थिति रहेको थियो।

1230x100 pixels ads space