८ पुष २०८१, सोमबार

सभापति लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता

जनपक्षीय खबर

२०८१ पुष ७ गते, आईतवार १३:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको हो ।

Order Now! 

मुद्दा साढे ४ सय पेजको अभियोगपत्र दर्ता भएको जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता भएको थियो ।

राईविरूद्ध मुद्दा दर्ता गरिएको भए पनि लामिछानेविरूद्ध भने मुद्दा दर्ता गरेको थिएन। उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो।

1230x100 pixels ads space