४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

सभापति लामिछानेको बिहीबारबाट बयान सुरु

जनपक्षीय खबर

२०८१ पुष ११ गते, बिहीबार १७:५३ मा प्रकाशित

काठमाडौं । बिहीबारबाट राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई बयानका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइएको हो । यसअघि पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

Order Now! 

लीला पछाईको बयान जारी छ । बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरू गर्ने अदालतको तयारी छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता छ ।

1230x100 pixels ads space