४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

भीम रावललाई एमालेले सुध्रिने अवसर दिए पनि नसुध्रिएको शंकर पोखरेलको आरोप

जनपक्षीय खबर

२०८१ पुष १२ गते, शुक्रबार १०:४० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई एमालेले सुध्रिने अवसर दिए पनि नसुध्रिएको
आरोप लगाएका छन् ।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले आरोप लगाए । ‘आफू जिम्मेवारीमा रहँदा जंगी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गरे । एमालेले रावललाई सुध्रिने अवसर दिए पनि उनी नसुध्रिएको पोखरेलको धारणा छ ।

Order Now! 

पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए । त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलको भनाइ छ ।

1230x100 pixels ads space