४ कार्तिक २०८२, सोमबार
नेकपा माओवादीले बोलायो पदाधिकारी बैठक, यस्ता छन् छलफलका विषय…

काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक बैठक बोलाइएको हो ।
समसामयिक राजनीतिक विषय, स्थायी समिति, केन्द्रीय समिति बैठकको तयारीका लागि बैठक बस्न लागेको हो । यसअघि मङ्सिर २८ गते बसेको स्थायी समिति बैठकले पुस १८देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।