४ कार्तिक २०८२, सोमबार
केपी ओलीलाई भीम रावलले सोधे स्पष्टीकरण

काठमाडौं । एमालेको कारबाहीमा परेपछि भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण मागेका छन् । ओलीले पार्टीमा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन् ।
ओलीले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी समेत दिएका छन् ।
त्यसक्रममा उनले ओलीलाई विभिन्न समयमा राष्ट्रहित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिवद्धता पुरा नगरेको, सङ्क्रमणकालीन काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो रु भनेर प्रश्न गरे ।
उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे ।