४ कार्तिक २०८२, सोमबार
महिला जागे भने समाज परिवर्तन हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको बताएका छन् ।
शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुुन् ।
‘हिजो महिला जागरण ल्याउन सहज थिएन । आज महिला सामाजिकीकरण, जागरण असाधारण ढंगले भएको छ । महिला जागे भने समाज परिवर्तन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
विगतमा नेपालको राजनीतिक परिवर्तनमा महिलाको उल्लेख्य भूमिका रहेको भन्दै उनले अहिले जिम्मेवारीमा पुगेका महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको पनि चर्चा गरे ।