४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

रुकुमपूर्वमा जिप दुर्घटना, चार जना घाइते

जनपक्षीय खबर

२०८१ पुष २५ गते, बिहीबार १२:०४ मा प्रकाशित

काठमाडौं। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।

Order Now! 

दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
जिपको टायर फुस्केपछि दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइएको थियो । प्रारम्भिक उपचारपछि दुई जनालाई थप उपचारका लागि रुकुम पश्चिमको मुसिकोट खलंगामा रिफर गरिएको छ ।

1230x100 pixels ads space