४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

राप्रपाका अध्यक्ष थापाले भेटे प्रधानमन्त्री ओली

जनपक्षीय खबर

२०८१ पुष २६ गते, शुक्रबार १३:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान भएको दुई नेता बीचको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ ।

Order Now! 

भेटमा थापाले २०८७ मा संविधान संसोधनबारे राखेको जिज्ञासलाई स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।

संसदमा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रिया पछि धकेलिन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पछिल्लो समय देश गम्भीर संकटबाट गुज्रिरहेको बारे थापाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

 

1230x100 pixels ads space