४ कार्तिक २०८२, सोमबार
मकवानपुरमा कार दुर्घटना,चालकको मृत्यु, १३ जना घाइते

काठमाडौं । मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ
शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी-६ मा ठोक्किँदा दुर्घटना भएको हो।
कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका छन् ।
घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको छ ।