४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो?- बालेन शाह

जनपक्षीय खबर

२०८१ पुष २८ गते, आईतवार १४:४६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

आइतबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा शाहले यस्तो प्रश्न गरेका हुुन् ।

Order Now! 

चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा प्रदेश सरकारले कायम गरेको दररेटका कारण महानगरपालिकाको राजस्व संकलन घटेको उल्लेख गर्दै प्रमुख शाहले हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरे ।

भेटमा उपमेयर सुनिता डंगोलको पनि सहभागिता रहेको थियो ।

प्रमुख सचिव डा. लम्सालले, प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे । उनले भने, ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु ।’

 

 

 

 

 

1230x100 pixels ads space