४ कार्तिक २०८२, सोमबार
राप्रपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठक धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा शुक्रबारबाट सुरु भएको हो । बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसूचीबारे जानकारी गराए ।
‘उनले भने, कमजोर वैदेशिक सम्बन्ध, असन्तुलित परराष्ट्र नीतिका कारण मुलुक भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा परेको छ,’ ‘यस्तो अवस्थामा संसद्लाई समेत छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गर्ने, नियमित अधिवेशन बनाउन पनि प्रतिपक्षीले पनि दबाब दिनुपर्ने जुन अवस्था सिर्जना भएको छ यसबारे पनि छलफल हुन्छ ।’