४ कार्तिक २०८२, सोमबार
एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
संसदको अधिवेशन सुरू हुनु ३ दिन अघि माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएको छ।
मुख्य सचेतक महेश बर्तौलाका अनुुसार संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो ।