४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्‍दै गइरहेको प्रति प्रधानमन्त्री ओलीे चिन्तीत

जनपक्षीय खबर

२०८१ फाल्गुन १५ गते, बिहीबार ११:१६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताएका छन् ।

काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Order Now! 

प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए । यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ ।

उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्‍यका लागि अवरोध भएर आएको बताए ।

उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, उनले भने ।

प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्‍दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे । प्रधानमन्त्री ओलीले अघि भने, ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका छन्। थिति बस्न सकेको छैन। त्यसकारण यसबाट बच्न जरूरी छ ।’

1230x100 pixels ads space