४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

जनपक्षीय खबर

२०८२ बैशाख ३ गते, बुधबार १४:३६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । कार्यबाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ ।

Order Now! 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए ।

जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।

1230x100 pixels ads space