१९ जेष्ठ २०८३, मंगलवार
सिईडिवि हाईड्रो डेभलपमेन्टका संचालकमा संगिता वि.कलाई नियुक्ति दिने निर्णय
सिईडिवि हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडका वर्तमान संचालक विनय कुमार तोदीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका छन । उनको राजिनामा मिति २०८१/०५/१४ गते दिउँसो बसेको संचालक समितिको बैठकले सोही दिनबाट लागुहुने गरी सदर गरेको छ ।
संचालक पदमा संचालक समितिले सिल्क रोड डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संगिता वि.कलाई नियुक्त गर्ने निर्णय गरेको छ ।




