८ पुष २०८१, सोमबार

एकैदिनमा एक सय सत्ताइस अंकले बढ्यो नेप्से, लगानीकर्ता उत्साहित

जनपक्षीय खबर

२०८१ भाद्र १७ गते, सोमबार १८:२२ मा प्रकाशित

काठमाडौ १७ भदौ । साताको दोस्रो दिन, आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा हरियाली छाएको छ । नेप्से परिसुचक करिब १२७ अंकले वृद्घि हुदै २८२३ दशमलब २५ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक ४ दशमलब ७२ प्रतिशतले वृद्घि भएको र बजारमा हिजोको तुलनामा कारोबार रकममा पनि वृद्घि भएको छ । आज करिब १३ अर्वको सेयर कारोबार भएको छ ।

आज तीन सय पैँतिस कम्पनिको ३,१४,३०,०४८ कित्ता सेयर १,६०,५७९ पटक खरिद बिक्रि  हुँदा १३,१०,४६,३१,८०२ रकम बराबरको कारोबार भएको छ ।

Order Now! 

कारोबार रकमको आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडले करिब ४६ करोड ५२ लाखको कारोबार गरेको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै अपि पावर कम्पनी लिमिटेडको १२ लाख २५ हजार ९ सय ४९ कित्ता शेयर कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बढ्नेमा वित्त समूह ७ दशमलब ९४, लगानी ५ दशमलब ४५, जलविद्युत् ५ दशमलव ३६, विकास बैंक चार दशमलब ९९ , होटल तथा पर्यटन चार दशमलब ९२, बैंकिङ चार दशमलब ७३, निर्जीवन बीमा चार दशमलव ८१, जीवन बीमा चार दशमलव ६९, अन्य समूह चार दशमलव १४, लघुवित्त र उत्पादन तथा प्रशोधन तीन दशमलव ३३, व्यापार दुई दशमलव ८५, म्युचुअल फण्ड शून्य दशमलव ८४ प्रतिशतले बढेको छ ।

आज बजारमा सात वटा कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नकारात्मक सर्किट कुनै लागेन । सकारात्मक सर्किट लाग्ने कम्पनिमा बेस्ट फाईनान्स कम्पनी लिमिटेड, बुटबल पावर कम्पनी लिमिटेड, डोल्टि पावर कम्पनी लिमिटेड, जोसी हाईड्रो डेभलमेन्ट कम्पनी लिमिटेड आदि परेका छन । सबैभन्दा बढी घट्नेमा लक्ष्मी उन्नति कोष परेको छ भने सो कम्पनि चार दशमलव ७१ प्रतिशतले घटेको छ ।

1230x100 pixels ads space