नेप्सेको निरन्तर ओरालो यात्रा, लगानीकर्ताको विश्वास गुम्दै ।
काठमाडौ २४, भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि निरन्तर ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५ दशमलव ८६ अकंले घटेर २६४६ दशमलव ०३ बिन्दुमा बन्द भएको छ । आज ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम र कारोबार कित्ता दुवै घटेको हो ।
सिइडिबि हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड आज सबैभन्दा धेरै सेयर कारोबार गर्नेमा परेको छ । यो कम्पनीको सबैभन्दा धेरै ३७ करोड ५७ हजार आठ सय २ रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । धेरै रकमको सेयर कारोबार गर्ने दोस्रो कम्पनीमा हिमालयन रि इन्सुरेन्स लिमिटेडको २७ करोड ९४ लाख १२ हजार ९६ रुपैयाँको बराबरको सेयर कारोबार भएको छ । तेस्तै गरी तेस्रोमा हाथवे इन्भेस्मेन्ट नेपाल लिमिटेडको २३ करोड ९२ लाख ७२ हजार आठ सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज धेरै कित्ता कारोबार गर्नेमा एचआइडीसीएल प्रमोटर परेको छ । कम्पनीको १३ लाख ८२ हजार ९ सय ६ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै गरी दोस्रोमा अपि पावर कम्पनी लिमिटेडको ६ लाख ६१ हजार एक सय कित्ता कारोबार भएको छ ।
हाथवे इन्भेस्मेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव ९८ प्रतिशतले कमाएका छन भने उन्नती सहकार्य लघुवित्त सहकारी संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ७ दशमलव ७८ प्रतिशतले गुमाएका छन । आज कुनैपनि कम्पनीको दश प्रतिशतले गुमाउने र कमाउने भएको छैन ।