जनयुद्धले महत गाँउमा पारेको प्रभाव र विकास (भिडियो सहित)
काठमाडौ २९ कार्तिक, १० बर्षे जन(आन्दोलन गणतन्त्र प्राप्तिका लागि थियो । महत गाउँमा पनि जनआन्दोलनको प्रभाब र असर दुबै पर्यो । खान सुत्न सम्म पनि नपाएको महत गाउँलेले गणतन्त्र प्राप्ति पछि स्वतन्त्रको आभाष गरेका छन् । प्रचण्डलाई धन्यबाद समेत दिएका छन् । उनी बताउँछन् खारा , थवाङ् भन्दा भयानक द्वन्द्व भएको थियो सम्झना गर्न पनि आङ् सिरिङ्ग हुन्छ भन्दै घटना सम्झिन्छन् । जितको खुसि साट्दै गर्दा महत गाउँमा तत्कालिन बिद्रोहिपक्षले आक्रमण गरेका थिए । सो आक्रमणबाट १३ जना स्थानिय गाँउले सहित १५० जना भन्दा बढीले ज्यान गुमाउन पर्यो जसमा ३ जना हिड्न , बोल्न समेत नसक्ने थिए । एक हप्ता सम्म लास नउठेँ पछि लास कुहिएर गन्ह्याएको , लास सुङ्गुर बुङ्गुरले समेत खाएको थियो ।
जनयुद्व पछि सहिद परिवारलाई जनहि ९ लाख रूपिया दिएको प्रचण्ड सरकारलाई धन्यबाद पनि दिएका छन् ।
महत गाउँमा जनयुद्वपछि खेल मैदान बन्यो । गाउँ गाउँमा बिजुलि पुग्यो । सडक बाटो पुग्यो । अहिले सहिद मार्गको निमार्ण कार्य भईराखेको छ ।
भेदभाब पनि हटिसकेको महत गाउँको बारे गरेको कुराकानी तल भिडियोमा हेर्न सक्नु हुन्छ ।