८ पुष २०८१, सोमबार
हिरासत को तस्बिरमा प्रहरीको ध्यानाकर्षण, सही समाचार सम्प्रेषण गर्न आग्रह
काठमाडौ ४ पौष, जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतबाट एक अस्पष्ट तस्बिर सार्वजनिक भएको छ । उक्त कक्षमा एक व्यक्ति सुतिरहेको देखिन्छ । डा. निकोलस भुसालको फेसबुकबाट प्राप्त भएको फोटोले अहिले सामाजिक सञ्जाल तताइरहेको छ ।
यसरी हिरासतको फोटो सार्वजनिक हुँदा प्रहरीले गम्भीर रुपमा लिएको छ । यस तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुन बमोजिम सूचनाको हक २०६४ बमोजिम गोपनीयता भंग,साइबर अपराध सबन्धी मुद्दा चल्न सक्नेछ । अनुसन्धानको भैरहेको विषयलाई संवेदनशील भएर सम्प्रेषण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रह गरेको छ ।