८ पुष २०८१, सोमबार

रविमाथि सम्पत्ति शुद्धीकरणको छानबिनमा किन तानिईन् निकिता…

जनपक्षीय खबर

२०८१ पुष ७ गते, आईतवार १५:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीमा मुद्दा दर्ता भएको छ ।

रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले बताएकी छन् ।

Order Now! 

उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । निकितासहित पाँच जना पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो ।

कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।

शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर दण्डसजाय हुँदैन ।

 

1230x100 pixels ads space