४ कार्तिक २०८२, सोमबार
सभापति लामिछानेको बयान मंगलबार नै शुरु हुनसक्ने सम्भावना…

काठमाडौं । जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जारी रहने छ ।
पहिलो दिन सोमबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छबिलाल जोशीको मात्र बयान लिएको थियो । उनको पनि बयान अझै बाँकी रहेकाले मंगलबार निरन्तर रहने छ ।
पहिलो चरणमा अदालतमा उपस्थित रास्वपा सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी भैरहेको छ । लामिछानेको बयान मंगलबार नै शुरु हुनसक्ने सम्भावना रहेको छ ।
प्रतिवादीहरुको बयान लिने क्रम लम्बिने हुँदा थुनछेकको बहस शुरु हुन समय लाग्ने देखिएले बयान सकिए पछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेकपछि मात्रै अभियुक्तहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि मुद्दा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश हुनेछ ।
मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।