४ कार्तिक २०८२, सोमबार
ललितपुरमा किशोरको हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौं । ललितपुरमा एक किशोरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या को आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।
हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरूमा उक्त रेस्टुरेन्टमै काम गन २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्ट रहेका छन् ।
बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बाँकी दुई जनालाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी पौडेलले बताए ।