संविधान संशोधनको प्रक्रिया केही दिनपछि अघि बढ्छ- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको प्रक्रिया अघि बढिसकेको बताएको छन्।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।
लेखकले भने, ‘‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ,’ संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ। संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ।’
संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने बताए ।
‘संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन,’ ‘हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ। दुवैको एउटा संयुक्त कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ। तर नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन। दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन’गृहमन्त्री लेखकले भने ।