४ कार्तिक २०८२, सोमबार
रास्वपाको सचिवालय बैठक बस्दै,यस्ता छन् छलफल विषय…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठकमा समसामयिक राजनीतिक, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा छलफल गरिदै छ ।



