४ कार्तिक २०८२, सोमबार
माधव नेपाल र वामदेव गौतमबिच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
यसअघि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउने निर्णय भएको थियो ।
त्यसपछि दुवै तर्फबाट वार्ता समिति समेत गठन भएको थियो । गौतम पार्टीमा आए माधव नेपाल र झलनाथ खनालपछिको बरियता पार्टीमा दिन अध्यक्ष नेपाल तयार छन् ।
तर गौतमसँगै आउने पार्टी एकता अभियानका अन्य नेताहरुको व्यवस्थापनका बारेमा सहमति जुट्न ढिलाई भएको बताइएको छ ।