४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

बालगायक सचिन परियारको उपचारको क्रममा निधन

जनपक्षीय खबर

२०८१ पुष १८ गते, बिहीबार १३:०७ मा प्रकाशित

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका परियारको कम्मरमुनिको उनको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।

Order Now! 

यसअघि टिभी कार्यक्रम ‘इन्द्रेणी’मा पुगेका उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् ।

सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् ।

1230x100 pixels ads space