४ कार्तिक २०८२, सोमबार
नेकपा माओवादीको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। बैठक पेरिसडाँडामा सुुरु भएको हो । पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बसेको हो ।
बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन् । पुन राजनीतिमा सक्रिय हुने उदेश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन् ।