४ कार्तिक २०८२, सोमबार
नेकपा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ ।
बैठक पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजेपछि बोलाइएको हो ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने बताए ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन् ।