४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गर्ने

जनपक्षीय खबर

२०८१ पुष २२ गते, सोमबार १३:०१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेभएको छ ।

आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा प्रस्तुत गरेका हुन् ।

Order Now! 

पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’

साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा छ ।

 

1230x100 pixels ads space