४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

अवैध सुन लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

जनपक्षीय खबर

२०८१ पुष २२ गते, सोमबार १४:२४ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट अवैध रुपमा ल्याइएको सुन लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चकन्या गाउँपालिका-१ घर भई काठमाडौंको टोखा नगरपालिका-१ झोर बस्दै आएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका(१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन्।

Order Now! 

फ्लाई दुबईको उडानबाट पुस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाएर ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरुले लुटी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुरबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थानसमेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

 

1230x100 pixels ads space