४ कार्तिक २०८२, सोमबार
काठमाडौंमा शक्तिशाली भूकम्प

काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ । मंगलबार बिहान राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।
सर्वसाधारण होहल्ला एकाबिहानै भूकम्प गएपछि घरबाहिर निस्केका थिए ।