४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

जनपक्षीय खबर

२०८१ पुष २३ गते, मंगलवार ०७:४२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक आइतबारदेखि सुरु भएको हो । आज मंगलबार पनि बस्ने एमालेले जनाएको छ ।

ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ । सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले बैठक बस्न लागेको हो ।

Order Now! 

आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज बैठक बिहान ११ बजे पुनः सुरु हुनेछ ।

1230x100 pixels ads space