४ कार्तिक २०८२, सोमबार
ललितपुरको एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध दुई जना भारतीय नागरिक सहित ५३ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेका छन्
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको एआईजी थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।