४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

यस्तो आउन सक्छ रविविरुद्धको मुद्दाको आदेश….

जनपक्षीय खबर

२०८१ पुष २५ गते, बिहीबार ११:३३ मा प्रकाशित

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीहरुको थुनछेक बहस बुधबार सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईँ, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

Order Now! 

बुधबार रामबहादुर, मीना, कृष्ण र आरती पक्षबाट रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरे । प्रतिवादीतर्फका कानून व्यवसायीहरुको बहस न्यायाधीश नीतिज राईको इजसालमा सकिएसँगै जाहरेवालातर्फका कानुन व्यवसायीको जवाफी बहस पनि सकिएको छ ।

अब सरकारी वकिलले जवाफी बहस गर्ने समय पाउनेछन् । सरकारी वकिलको जवाफी बहसपछि आदेश आउने जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए ।

1230x100 pixels ads space