४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

अमेरिकामा कार दुर्घटना हुुँदा दुई नेपालीको मृत्यु

जनपक्षीय खबर

२०८१ पुष २६ गते, शुक्रबार ०९:३४ मा प्रकाशित

अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । । ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका एनबीसी वाशिंगटनले जनाएको छ ।

जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा दुई शव फेला परेका थिए । सोही शवको पहिचान खुल्दा नेपाली रहेको पुष्टि भएको हो ।

Order Now! 

कार आंशिक रूपमा हिउँ जमेको पानीमा डुब्दा चालक खड्का र यात्रु भट्ट भित्र फसेका थिए। एनबीसी वाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए । २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग आएको समाचारमा उल्लेख छ ।

 

1230x100 pixels ads space