४ कार्तिक २०८२, सोमबार
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

काठमाडौं । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना भएको छ । सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा बा प्र ०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको हो ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन ।