४ कार्तिक २०८२, सोमबार
कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका–१ गुर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो ।
उनलाई डकैती गरे लगायतका ५ वटा मुद्दा लागेको प्रहरीले जनाएको छ । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कपिलवस्तुको गुर्चिहवाबाटैे पक्राउ गरेको हो ।
विभिन्न मितिमा फैसला भई कैद सजाय र बाँकी ३ लाख ५२ हजार ७ सय ७८ रुपैयाँ जरिवाना असुल उपरको लागि फरार प्रतिवादी कहारलाई जिल्ला अदालतमा पेश गरि बिहीवार कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।