४ कार्तिक २०८२, सोमबार
1230x100 pixels ads space

सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले अस्वीकार गर्नुहुनेछ- सोबिता गौतम

जनपक्षीय खबर

२०८१ पुष २७ गते, शनिबार १४:३८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले अस्वीकार गर्ने बताएकी छन् । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा अध्यादेश नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश गरीएको छ । सार्वजनिक सेवा प्रवाहलाई सरल र छरितो बनाउन पनि अध्यादेश ल्याउने निर्णय भएको छ ।

Order Now! 

गौतमले यसै सन्दर्भमा सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद् २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ ।

मङ्सिरमै संसद् अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झकझक्याउन सकेको छैन। सरकार संसद्लाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता सञ्चालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ। हामीलाई विश्वास छ कि सम्माननीय राष्ट्रपतिज्यूले संसद् छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्नुहुनेछ।’

1230x100 pixels ads space