४ कार्तिक २०८२, सोमबार
तीन वटा संसदीय समितिको बैठक, यस्ता छन् कार्यसुुचि…

काठमाडौं । संघीय संसदका तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
तीन वटै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
अर्थ समिति बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ । सो बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुने समितिले जनाएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ । जसका लागि दिउँसो १२:१५ बजे बैठक बोलाइएको छ ।
साथै विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११:३० बजेबाट सुरू हुनेछ ।